Logo
१७ बैशाख २०८१, सोमबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिलकेशरी शाहको बेइज्जतिपूर्ण रि-इन्ट्री भएपछि नबिल बैंकको ओरालो यात्रा

काठमाडौं : नेपालको वित्तीय क्षेत्रमा पहिलो निजी बैंकका रुपमा खुलेका र वषौंसम्म एकछत्र राज गरेको नबिल बैंक विस्तारै आरोलो यात्रामा निस्केको छ । खास गरी बजारका सबैभन्दा महंगो प्रमुख कार्यकारी अधिकृत (सीईओ) का कारण नाम कमाएका अनिलकेशरी शाह बैंकको नेतृत्वमा आएसँगै बैंक विस्तारै ओरालो यात्रामा निस्केको हो ।

नबिलको पछिल्लो वर्ष नाफा मात्रै घटेको छैन उसले निक्षेप संकलन र कर्जा लगानीमा समेत गम्भीर संकट भोग्न थालेको कर्मचारी स्रोत बताउँछ । बैंकको २५ वर्षे इतिहासमा नबिलले नयाँ बैंकको मात्रै होइन विकास बैंकलाईसमेत उछिन्दै नयाँ नयाँ ब्याजदरको स्किम सार्वजनिक गरे पनि बैंकप्रति निक्षेपकर्ताको खासै चासो देखिएको छैन ।

साना बैंकहरुले १३ प्रतिशत ब्याज आव्हान गरेझैं नबिलजस्तो स्थापित बैंकले पनि १३ प्रतिशत नै ब्याजदर कायम राखेर निक्षेप संकलन आव्हान गर्नुले नबिलको असली हैसियत देखिएको छ । खासगरी नबिलमा गत वर्षको पुसमा शाहको बेइज्जतिपूर्ण रि-इन्ट्री भएपछि त्यहाँ काम गर्ने कर्मचारी पनि उनीदेदेखि असन्तुष्ट देखिदै आएका छन् ।

त्यसैको फलस्वरुप त्यहाँको कर्मचारी युनियन पनि असन्तुष्ट देखिएका छ । विगतमा सीईओको भूमिका निभाईसकेका शाहले नबिलमा डेपुटी सीईओको रुपमा आएपछि बैंकिङ क्षेत्रमा उनलाई नैतिकहीन व्यक्तिका रुपमा चित्रण गर्न थालिएको छ ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्