Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ २ गतेबाट रोकिएको मलेसिया रोजगारी सन् २०१९ को जनवरीबाट खोलिने

काठमाडौं : नेपाली कामदारका लागि केहि समय अघिदेखि रोकिएको मलेसियाको रोजगारी खुलाउने प्रयास अन्तिम अवस्थामा पुगेको सरकारले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जनवरीबाटै मलेसियाको रोजगारी खोल्नेगरी गृहकार्य भइरहेको जानकारी दिएको हो ।

सोमबार संघीय संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव महेश्वर दाहालले गत जेठ २ गतेबाट रोकिएको मलेसिया रोजगारी खुलाउन दुई देशबीच छलफल र सम्बाद भइरहकाले आगामी जनवरीबाट यो समस्या समाधान हुनेगरी सरकारले काम गरिरहेको जवाफ दिएका हुन् ।

यसअघि विभिन्न कम्पनीले मलेसियाका लागि कामदार लिने गरेका थिए । श्रम मन्त्रालयले २ जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ५ वटा संस्था बन्द गर्ने निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया रोकिन पुगेको थियो ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्