Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय मैथिली सम्मेलन जनकपुरमा सुरु, प्रदेश प्रमुख कायस्थद्वारा उद्घाटन, ८ जनालाई सम्मान

जनकपुरधाम : १६ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरमा सुरु भएको छ । दुई दिवसीय उक्त सम्मेलन मैथिली साहित्य उत्सव समाजको सह–आयोजनामा आज (शनिबार) देखि सुरु भएको छ ।

यस्तो अन्तराष्ट्रिय मैथिली साम्मेलन जनकपुरमा चौथौं पटक हुन लागेको हो । सम्मेलनमा मैथिली तथा भोजपुरी साहित्यमा योगदान दिएका व्यक्तित्वहरुलाई मिथिला रत्न, मिथिला श्री, अन्तर्राष्ट्रिय सदभावजस्ता सम्मानबाट आठ जनालाई सम्मानित गरेका छन् ।

मैथिली तथा नेपाली गायनमा ख्याति कमाएका रमा मण्डल, मैथिली भाषामा पहिलो पटक जनकपुरमा नाटक सुरु गरेका स्वर्गीय योगेन्द्र साह नेपाली र भारत विहार लदनीयाका डा. जयनारायण यादवलाई मिथिला रत्न पुरस्कारले सम्मानित गरेका छन् ।

यसैगरी भोजपुरी साहित्यमा दखल राखेका विहार पटनाका गोपाल अस्कलाई मिथिला श्री र मुम्बईका दिपक झालाई अन्तर्राष्ट्रिय सदभावको रुपमा सम्मानित गरेको छ ।

सम्मेलनमा विराटनर, राजविराज, मलंगवासहित भारतको मुम्बई, कोलकत्ता, दिल्ली, पटना, दरभंगा, मधुबनीलगायतको ठाँउका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा मैथिली भाषा, साहित्य र संस्कृतिबारे वृहद् रुपमा छलफल भएको हो । प्रदेश २ मा अनावश्यक रुपमा उठाइएको भाषासम्बन्धी विवादलाई सहजीकरण गर्न भाषा अभियानी प्रविन चौधरीले बताएका थिए ।

अन्तरास्ट्रिय मैथिली सम्मेलनको संयोजक रामभरोस कपाडिं भ्रमरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बैद्यनाथ चौधरी, डा. राम अवतार यादव, सद्भावना दुत दिपक झा, निर्माला प्रसाद, चन्द्र मोहन झा, गोपाल अस्क, रामान्नद झा, लगायतको उपस्थििति रहेको थियो ।

 

प्रकाशित मिति: Dec 22, 2018

प्रतिक्रिया दिनुहोस्