Logo
६ जेष्ठ २०८१, आईतबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री क्वाटरमै कुटिए राजपा सचेतक प्रमेश्वर साह

जनकपुर : राष्ट्रिय जनता पार्टी प्रदेश २ का सचेतक परमेश्वर साहमाथि हातपात भएको छ । सोही पार्टीका एक जना केन्द्रिय सदस्यले कुटपीट गरेका हुन् ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको जनकपुरधाम स्थित सरकारी निवासमा राजपाका केन्द्रिय सदस्य संजय चौधरीले कुटपीट गरेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार दूवैबीच समान्य कुरालाई लिएर विवाद शुरु भएको थियो । त्यसपछि वाद-बिवाद कुटपीटमा परिणत भएको हो । पछि मन्त्री सोनलको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको थियो ।

अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको विषयमा अनावश्यक कुरो बोल्दा सचेतक साहलाई कुटेको केन्द्रिय सदस्य चौधरीले स्वीकार गरेका छन । तर सचेतक साहले यससम्बन्धमा आफू केही नबोल्ने बताएका छन ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्