Logo
२३ बैशाख २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीमा आक्रोश बढ्यो, गरेका गल्तीहरु प्रधानमन्त्री स्वयंले सच्याउनुपर्छ

सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठक जारी छ । बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । त्यसैगरी बामदेव गौतमले पनि फरक विचारसहितको लिखित प्रतिवेदन पेश गरेका छन् । यसले नेकपाभित्र असन्तुष्टी बढेको हो कि भन्ने संकेत गर्छ । यिनै विषयमा केन्द्रित रहेर नेता योगेश भट्टराईसँग गरिएको कुराकानीको केहि सम्पादित अंश :

योगेश भट्टराई, नेता, नेकपा

स्थायी समिति बैठकमा छलफलभन्दा बढि विवाद भएको हो ?
बैठक तातोतातो भइरहेको छ । लामो समयपछि बसेको बैठक भएकाले पनि बैठक तातेको हो । विधानमा ३–३ महिनामा बैठक बस्नुपर्ने उल्लेख छ । त्यसैगरी स्थायी समिति बैठक १५-१५ दिनमा बस्नुपर्ने हो । समयमा बैठक नबसेकाले पनि लामो समयदेखिको विषयवस्तुमा छलफल भइरहेको छ ।

नेकपा पनि अब विधानअनुसार संचालन हुन छाड्यो है ?
नेपालका पार्टीहरु राम्रोसँग संस्थागत भएका छैनन् । हाम्रो दल बन्नेक्रम मै छ । पार्टी संक्रमणकालमै रहेकाले नेताहरु जिम्मेवार बन्नुपर्छ ।

अध्यक्षद्धयको प्रतिवेदनसँगै र बामदेव गौतमको पनि फरक प्रतिवेदन आयो । गौतमको प्रतिवेदनलाई कसरी लिनुभएको छ ?
बामदेव गौतमको फरक विचार होइन । अध्यक्षद्धयको प्रतिवेदनमाथिको विचार मात्रै हो । गौतमले योबीचमा भएका कमी कमजोरीलाई सुत्रवद्ध तरिकाले प्रस्तुत गर्नुभएको छ । तर उहाँको लेखाइमा अलि बढि आक्रोष देखिएको छ ।

गौतम किन आक्रोषित हुनुभयो ?
अध्यक्ष र उहाँबीचमा सम्बन्ध विग्रेकाले आक्रोश देखिएको हो । आक्रोषसँगै तथ्यहरु पनि पेश गर्नुभएको छ ।

अध्यक्षहरुले पेश गर्नुभएको प्रतिवेदन त पार्टीकोभन्दा पनि सरकारको जस्तो देखियो भन्ने गुनासो आएको छ नि ?
पार्टी नै सरकारी भएपछि अध्यक्षद्धयको प्रतिवेदन सरकारी जस्तै हुनु स्वभाविक छ । तर त्यहाँभित्र आगामी योजना र चुनौतिहरु चाँही उल्लेख गर्नुभएन ।

सरकारले गरेका कमी कमजोरीहरु प्रतिवेदनमा छन् ?
वास्तवमा सरकारले गलत काम गरेको छैन । काम गर्दै जाँदा गल्ती भएको हो । जानीजानी प्रधानमन्त्रीले केही पनि गल्ती गर्नुभएको छैन । काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुहुन्छ ।

चुनावका बेला केपी ओलीले तपाईलाई चुनाव जिताएर पठाएपछि मन्त्री बनाउँछु भनेर जनतासामु भन्नुभएको थियो । तर मन्त्री किन बनाउनुभएन ?
यस विषयमा मेरो भन्नु केही छैन । मन्त्री बनाउनुभएन, च्याप्टर क्लोज भयो । तर जनताले सोधिरहेका छन् । यो चाँही जनता जान्न चाहन्छन् । तर मलाई यस विषयमा केही भन्नुछैन । तीन जनाबाहेक सबै मन्त्री हाम्रै दलका हुनुहुन्छ । म भए जस्तै हो ।

नेकपाभित्र पनि गुट मौलाउन थाल्यो । यसले पार्टीलाई घाटा पर्दैन ?
हामी गुट भन्दैनौँ । विचार समुह हो । सबै विचार समुहलाई व्यवस्थापन गर्न सक्यो भने समस्या हुँदैन । तर नेताहरुमा घमण्ड, इश्र्या, डाहा हुनु भएन ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्