Logo
२३ बैशाख २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ हजारको लागि फुटाईयो ट्याक्सी चालकको आँखा

काठमाडौँ : ललितपुरमा मध्यराति दुईजना युवाले एक ट्याक्सी चालकमाथि लुटपाट भएको छ । पुल्चोकबाट बिरामी रहेको र अस्पताल जाने भन्दै राति १ बजे ट्याक्सीमा चढेका दुईजना युवाले चालक माथि चक्कु प्रहार गरेर नगद ६ हजार र मोवाइल लुटेको ललितपुर प्रहरी परिषरका प्रवक्ता शेखर खनालले जानकारी दिए ।

चक्कु प्रहारबाट ट्याक्सी चालक सिन्धुपाल्चोक घर भई हाल भैँसेपाटी बस्ने ४२ वर्षका डम्बर खड्काको बाँया आँखा फुटेको, टाउको र गालामा चोट लागेको उनले बताए । घाइते रहेको उनको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

लुटेराको आक्रमणपछि घाइते भएका चालक खड्का आफै ट्याक्सी चलाएर प्रहरीचौकी पुगेका थिए । बालकुमारीबाट पाँचसय मिटर पश्चिम पुगेपछि चालकमाथि चक्कु प्रहार भएको, हालसम्म लुटेर पक्राउ नपरेको र खोजी भइरहेको प्रवक्ता शेखर खनालले जानकारी दिए ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्