Logo
२३ बैशाख २०८१, आईतबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाराबाजीसँगै सुरु फेरि भयो कांग्रेस महासमिति बैठक

काठमाडौं : सहमहामन्त्री डा.प्रकाशशरण महत र नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीबीच भएका विवादका कारण स्थगित भएको कांग्रेस महासमिति बैठक पुनः सुरु भएको छ ।

विधान मस्यौदा बैठकमा पेस नगरेसम्म बैठक चल्न नदिने भनेपछि स्थगित भएको बैठक पुनः सुरु भएको हो । बैठकमा बोल्ने क्रममा सहमहामन्त्री डा.प्रकाशशरण महतले नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बोल्दै गरेको माइक खोसेपछि केही समय विवाद भएको थियो।

बैठक पुनः सुरु गर्दा पनि महासमिति सदस्यहरुले केही समय नाराबाजी गरेका थिए । तर कार्यक्रम चलाउँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले विधान प्रेसमा छपाईका लागि गएको भन्दै आश्वासन दिएका थिए।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्