Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेटका लागि मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवासमा पुगे आदित्यनाथ

काठमाण्डौं : राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरम नेपालका नेताहरुले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरी मुख्यमन्त्री लालबाबु राउतको सरकारी निवास मधेश भवन पुगेका आदित्यनाथसँग राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्षममण्डलका सदस्यहरु महन्थ ठाकुर, अनिलकुमार झालगायतले भेटेका हुन् ।

भेटमा नेपालस्थित भारतीय दूतावासका राजदूत मन्जिम्भ पुरी पनि उपस्थित थिए ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्