Logo
२३ बैशाख २०८१, आईतबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘एक मोदी सबैमाथी भारी’ भन्दै भारतीय प्रधानमन्त्रीको हरेक गतिबिधिलाई पछ्याउँदै ओली

काठमाडौं : भारतमा वर्षौंदेखिको कांग्रेसी राज्यलाई समाप्त गर्दै नयाँ सक्ताको उदाय गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सिको गर्दै उस्तै शैलीमा आफूलाई स्थापित गर्न लागि परेको मिसनमा प्रधानमन्त्री नरेन्द्र मोदी लागेका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिल्दोजुल्दो छ । सरकारको कामलाई जनतासामू प्रचार गर्ने शैलीपनि ओलीले मोदीकोजस्तै सिको गरेका छन् । आफ्ना निकट्तमहरुसंग उनी भन्छन् ‘जो दिख्ता है वही विक्ता है जस्तै मोदीको हरेक गतिबिधिलाई हामिले पछ्याउनु पर्छ ।’

जनतालाई आफूले गरेको कामको जानकारी गराउनै पर्दछ ओलीको भनाई उदृत गर्दै उनका एक सल्लाकारले भने ‘भारतमा एक जना मोदी सबैमाथी भारी बनेका छन् यहाँ मपनि के कम ? त्यसैले हामिले हाम्रो कामलाई पनि उत्तिकै मात्रामा प्रचार गर्नुपर्दछ ।’

मोदीको प्रत्येक गतिबिधिलाई नियाल्न निर्देशन नै दिदै मोदी कै इस्टाइलमा पछिल्लो समय सामाजिक सुरक्षा कार्यक्रम लागुको प्रचारशैलीलाई पनि स्थापित गरेको उनका निकट्तमहरु बताँउछन् ।

निकै तामझामका साथ उक्त कार्यक्रमको सुरुवात गरिएको थियो । तर, जनताको तहबाट भने यसको निकै ठूलो स्वरमा विरोध र आलोचना भएको छ । सत्तारुढ दलकै नेताहरुले पनि त्यो कार्यक्रमको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले विभिन्न २० वटा मन्त्रालयका सचिवले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तयार पारेको कार्ययोजना सुनेर कार्यान्वयनका लागि विशेष निर्देशन दिएका छन् ।

भारतमा मोदीले अघि सारेको भिडियो कन्फेरेन्समार्फत मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रत्यक्ष कुराकानी गरेजस्तै प्रधानमन्त्री ओलीले पनि वार रुम अवधारणाअनुसार ठूला विकास आयोजनासम्बन्धी जानकारी लिइ समयमा नै पूरा गर्न भिडियो कन्फ्रेन्स र टेलिफोन वार्ताबाट सम्बन्धित मन्त्री, सचिव, विभागीय प्रमुख र आयोजना प्रमुखलाई नियमित प्रत्यक्ष निर्देशन दिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्