Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी विमान खरिद प्रकरण : नागरिक लगानी कोष र सञ्चय कोषपनि शंकाको घेरामा

काठमाडौं : नेपाल वायुसेवा निगमले ल्याएको वाइडबडी विमान खरिदमा भएको अनियमिततामा कर्मचारी सञ्चय कोष र नागरिक लगानि कोषपनि शंकाको घेरामा परेका छन् ।

संसदको सार्वजनिक लेखा समितिले उनीहरुमाथि शंका गरेको हो । नागरिक लगानी कोष र सञ्चय कोषले के आधारमा निगमलाई रकम दिए ? भन्दै सांसदहरुले छानबिन मागसमेत गरेका छन् ।

दुई वटा ए ३३० २०० वाइडबडी खरिदका लागि प्रतिविमान १०८.१९ मिलियन अमेरिकी डलर भुक्तानी गरिएको निगमको भनाइ छ ।
निगमले असार १४ मा पहिलो वाइडबडी विमान र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्राएको थियो । निगमले दुई वाइड बडी जहाज २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ ।

बैठकमा ९३.०५ मिलियन डलरमा आउनुपर्ने विमानको मूल्य किन १०८ मिलियन डलर पर्यो भनी प्रश्न उठाइएको छ । समितिका सभापति भरतकुमार साहले मूल्यबारे प्रश्न उठाएको जनाइएको छ ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्