Logo
२३ बैशाख २०८१, आईतबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२१ गतेको शिक्षक आन्दोलन स्थगित, सरकारले माग पुरा गर्ने

काठमाडौं : नेपाल शिक्षक महासंघले घोषित आफ्ना आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । महासंघले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएपछि उसले आन्दोलनका कार्यक्रम स्थगनको घोषणा गरेको हो ।

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न कानून संशोधन गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने माग राख्दै महासंघ गत जेठ १७ देखि आन्दोलित छ ।

आफ्ना माग पूरा नभएपछि महासंघले मंसिर २१ मा काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेको थियो । तर, सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यसअघिका घोषित कार्यक्रम स्थगित गरिएको जानकारी महासंघले विज्ञप्तिमार्फत् दिएको छ ।

महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्