Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीले सरकारको बाघडोर सम्हालेसँगै नेपालको वैदेशिक व्यापार बढ्यो

काठमाडौँ : केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि नेपालको वैदेशिक व्यापार बढेको छ । आर्थिक वर्ष २०७५/७६ को प्रथम चार महिना अर्थात् साउनदेखि कात्तिकको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.१ प्रतिशतले बृद्धि भएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार वैदेशिक व्यापार बृद्धि भई ५ खर्ब १३ अर्ब पुगेको छ, जस अनुसार कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.७ र ९४.३ प्रतिशत छ । यो अवधिमा नेपालको कूल निकासी १०.७ प्रतिशतले बृद्धि भई २९ अर्ब रुपैयाँ तथा कूल पैठारीमा ३८.१ प्रतिशतले बृद्धि भई ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी, गलैँचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल छन् ।

यसैगरी अलैंँची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिबुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि छन् ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्क आदि प्रमुुख राष्ट्रका रुपमा रहेका छन् ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइल्याण्ड, इण्डोनेशिया, स्वीट्जरल्याण्ड मलेशिया, , क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।

चालु आर्थिक वर्ष २०७४/७५ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक बृद्धिका कारण व्यापार घाटामा ४०.३ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब ५४ अर्ब ४७ करोड पुगेको छ । वर्तमान सरकारले वैदेशिक व्यापारमा रहेका कानुनी झन्झट हटाउँदै गएपछि व्यापार बढ्दै गएको जानकारहरु बताउछन् ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्