Logo
५ जेष्ठ २०८१, शनिबार
(December 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडो याममा कपाल किन रुखो हुन्छ ? अब मुलायम बनाउन अपनाउनुहोस् यी विधि

हामीले सजिलै अनुभव गर्नु सक्छौँ, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो हुँदै जान्छ । अनि कपालमा चाया पर्नुका साथै हाँगा पनि फाट्दै जान्छ । जाडो याममा वातावरण सुख्खा हुन्छ । त्यसको असर छाला तथा कपालमा पर्न जान्छ ।

चिसो बाट बच्नको लागी हामी न्यानो हुने कपडा सँगै टाउकोमा बाक्ला टोपी लगाउछौँ । यसले पनि कपाललाई असर गर्छ । अर्कोतिर जाडो याममा कपाल नुहाउन जाँगर चल्दैन । कतिपयले तातोपानीले नुहाउँछन् । यावत् कुराले कपाल रुखो हुन्छ, सुख्खा हुन्छ । यस्तो अवस्थामा कपालको कपाललाई मुलायम बनाउन यस्ता विधिहरु अपनाउन सक्छौँ ।

१) सधै तेल लगाउने – सामान्यतया, नुहाउनुे बेलामा तेल लगाउने साथै फुर्सद भएको बेला नै तेल लगाउने, जस्ले गर्दा सातामा दुई वा तीन पटक कपालमा तेल लगाउन सक्छौँ।

२) जरा जरामा लगाउने – एक चम्चा तेल लगाएर पनि कपाललाई स्वस्थ राख्न सकिन्छ । तेल लगाउँदा जहिलेपनि कपालको जरामा तेल लगाउनु पर्छ, जस्ले कपाललाई स्वस्थ राख्न मदत पुग्छ ।

३) तेल तताउने – सामान्यतया हामी कपालमा चिसो तेल लगाउँछौ । जबकी तेललाई मनतातो पानीमा राखेर पनि तातो बनाउन सकिन्छ । कपालमा तातो तेलको एक राम्रो विकल्प हो। आयुर्वेदिक सिद्धान्तका अनुसार तातो तेलको प्रयोगले कपाललाई स्वस्थ राख्नुका साथै टाउकोलाई आराम दिन्छ । दिमाग शान्त रहन्छ ।

तर यस विधि सबैको लागि भने उपयोगी नहुन पनि सक्छ । विशेषगरी टाउको दुख्ने समस्या, टाउको रातो दाग हुने तथा पित्त सम्बन्धि समस्या हुने व्यक्तिका लागि तातो तेल हानीकारक हुन्छ ।

४) घाममा नजाने – नियमित रुपमा तेल लगाउने व्यक्तिले सुर्यको प्रकाशमा जानबाट बच्नु पर्छ । साथै, कपालमा सिधै तेलको प्रयोग गर्नु हुँदैन । तेल लगाउँदा सिधै तालुमा लगाउनु पर्छ । साथै, अत्याधिक चिल्लोपनाका कारण कपाल धुनु पर्छ । त्यसैले, आयुर्वेदलाई आधार मान्ने हो भने तेल लगाएर घाममा जानु हुँदैन जुन स्वास्थ्यका लागि खासै फाइदाजनक मानिदैन ।

५) चायाको समस्या – कपालमा चाया पर्ने व्यक्तिले नुहाउनु भन्दा एक वा दुई घण्टा अगाडि टाउकोमा तेल लगाउनु पर्छ । तेल लगाउँदा तातो तेलको प्रयोग प्रभावकारी मानिन्छ । यसबाहेक, तेललाई सिधै तालु वा शिरमा लगाउनु पर्छ । र, तेललाई राम्ररी मसाज गर्नुपर्छ । यसो गर्दा कपालको चाया त हट्दैन । तर पनि कपाललाई लाभ भने अवश्य मिल्छ ।

६) टाउको दुख्ने समस्या – टाउको दुख्ने समस्या भएका व्यक्तिका लागि आयुर्वेदमा एक विशेष किसिमको विधि छ । उनीहरुले साँझको करिब ५-६ बजेतिर तेल लगाउनु पर्छ । साँझको समयमा तेल लगाउनाले टाउकोलाई आराम मिल्छ । राम्रो निद्रा पर्छ ।

प्रकाशित मिति: Dec 1, 2018

प्रतिक्रिया दिनुहोस्