Logo
२३ बैशाख २०८१, आईतबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाले मृतक र घाइतेलाई सहयोग गर्ने

डोटी : केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

केआइ सिंह कार्यपालिकामा बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु ३० हजार र घाइतेलाई रु २० हजार सहयोग गर्ने निर्णय गरेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताउनुभयो ।

गएको सोमबार केआइसिंह गाउँपालिका-३ मा से १ त ६६४९ नं को ट्र्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका-३ देउकडा बस्ने वर्ष ३४ को घनश्याम मल्लको जनाको ज्यान गएको थियोे भने दुईजना सोही गाउँपालिका बस्ने वर्ष १८ को मीन बम, वर्ष १८का उपेन्द्र बम घाइते भएका थिए । केआइसिंह वडा नं ३ अनारखोलाबाट बालुवा लगेर जाँदै गर्दा दुर्घटना भएको थियोे ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्