Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोधनान्तर घाटा ३५ अर्ब पुग्यो, बाह्य लगानी घट्यो

काठमाडौं : पछिल्लो समय शोधनान्तर घाटा चुलिदै गएको छ । सरकारको आयातबाट राजस्व असुल्ने नीतिका कारण अत्यधिक आयात बढ्दा देशबाट भित्रने रकमको तुलनामा बाहिरिने रकम अत्यधिक बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा बढेर ३५ अर्ब रूपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड छ ।

शोधनान्तर बढ्दै गएपछि देशको विदेशी मुद्रा सन्चिति पनि घट्न थालेको छ । कूल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११ खर्ब २ अर्ब ५९ करोड रूपैयाँको तुलनामा १.७ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा ११ खर्ब २० अर्ब ९२ करोड छ ।

तर, अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई २०७५ असोज मसान्तमा ९ अर्ब ५६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको ९८९ अर्ब ४० करोड रूपैयाँको तुलनामा २०७५ असोज मसान्तमा २४ करोडले वृद्धि भई ९८९ अर्ब ६४ करोड रूपैयाँ रहेको छ ।

प्रकाशित मिति: Nov 27, 2018

प्रतिक्रिया दिनुहोस्