Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष मण्डलमा संयोजक फेरिएपछि फुटको संघारमा राजपा, तमलोपा ब्युँझाउदै ठाकुर

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व फेरिएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ। अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्।

गत मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले बहुमतबाट संयोजक परिवर्तन गर्ने निर्णय गरेको थियो। पार्टी गठन भए यता बहुमतबाट निर्णय गरिएको यो पहिलो पटक हो।

राजपाको विधानको धारा १६ को २ मा पार्टीले गर्ने हरेक निर्णय अध्यक्ष मण्डलको सर्वसम्मतबाट हुनु पर्ने व्यवथा गरिएको छ। तर मंगलबार संयोजक परिर्वतन गर्ने निर्णय बहमुतबाट गरिएको थियो।

ठाकुरसँग निकट नेता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा राष्टिय सभा सदस्य विर्खेशचन्द्र लालले पार्टीको विधान विपरित अध्यक्ष मण्डलका संयोजक फेर्ने निर्णयले पार्टीमा गम्भिर विवाद सिर्जना गरी पार्टीलाई फुटको स्थितिसम्म पु¥याउन खोजिएको आरोप लगाएका छन्।

उनले भने, ‘पार्टीको विधानमै पार्टीले गर्ने सबै निर्णय अध्यक्ष मण्डलको सर्वसम्मतीबाट हुनु पर्ने व्यवस्था छ तर महाधिवेशनको संघारमा आएर संयोजक परिर्वतन गर्ने निर्णय पार्टी विधान विपरित मात्र छैन। पार्टी भित्र गम्भीर विवाद ल्याइ पार्टी फुटाउनेसम्मको प्रयास हो।’

गत असारमा बसेको राजनीतिक समितिको बैठकले आागमि महाधिवेशनसम्म महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक रहने भनी गरिएको निर्णयलाई पनि अध्यक्ष मण्डलको मंगलबारको बैठकले उल्टाएको आरोप उनले लगाए। उनले भने,‘यो काम भनेको तोकिएको समयमा महाधिवेशन नगर्ने र पार्टीमा विभाजन ल्याउने हो।’

फाइल तस्विर

२०७४ बैशाखामा तत्कालीन ६ मधेसकेन्द्रित दलवीच एकीकरण भइ राजपा गठन भएपछि तत्कालीन ५ पार्टीले आफ्नो पुरानो पार्टी कार्यालय खाली गरे भने पुरानो तमलोपा पार्टी कार्यालय रहेको विजुलीवजार स्थित पार्टी कार्यालय भवन भने अझै प्रयोग भइरहेको छ। सो भवनमा तमलोपाको साइनबोर्ड मात्र हटाइएको छ।

पुराना तमलोपाका नेता तथा कार्यकर्ताहरु अहिले पनि सो भवनमै बढी व्यस्त हुने गर्छन्। ठाकुरले गत असोजमा राजपा पार्टी कार्यालयमा कार्यरत १३ कर्मचारीलाई एकै पटक हटाएका थिए। तर पुराना तमलोपामा कार्यरत कर्मचारीहरु भने अहिले पनि पुरानो तमलोपा कार्यालयमा गइ काम गर्ने गरेका छन्।

पार्टी एकीरण भएको एक वर्ष ८ महिनापछि गत मंगलबार राजपामा नेतृत्व परिर्वतन भएको थियो। बैठकले ठाकुरले यसअघि गरेका पदाधिकारी मनोयनलाई पनि रद्ध गर्ने निर्णय गरेको थियो। राजपाको महाधिवेशनको तिथी घोषणा भइसके पछि ठाकुरले महासचिव, सहमहासचिव तथा केही केन्द्रीय सदस्यहरू नियुक्त गरेका थिए।

संयोजक परिवर्तन भए पछि ठाकुरले मंसिर ७ देखि मधेसका जिल्ला भ्रमण गर्ने कार्यक्रम रद्ध गरेको ठाकुर निकट एक नेता बताउछन्। उनी भन्छन,‘यो भनेको पार्टीमा विवाद सिर्जना गर्नु खोज्नु हो । यसमा उहाँहरु सफल हुनु भयो।’ अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने प्रस्तावलाई अनिल झाले अस्विकार गरे पनि बहुमत सदस्यबाट निर्णय पारित भएको थियो।

राजपा गठन हुँदा अध्यक्ष मण्डलका ६ सदस्यहरूमध्येबाट दुइ/दुइ महिनामा चक्रीय प्रणालीबाट संयोजक परिवर्तन गर्ने सहमति गरिएको थियो तर लामोसमयसम्म सो सहमतति कार्यान्वयन गरिएन। अध्यक्ष मण्डलका सदस्यहरूले ठाकुरलाई संयोजक स्विकार गरेका थिए। तर पछिल्लो समय ठाकुरले गरेका निर्णय विरूद्ध पार्टीमा असन्तुष्टि बढ्दै गएको थियो।

यसबाट ठाकुरले गरेका निर्णय एकलौटी भएको भन्दै अध्यक्ष मण्डलका बहमुत सदस्यहरू ठाकुरको विपक्षमा उभिएका थिए। हाल पार्टीका ६ अध्यक्ष मध्ये ६ सदस्य एकातीर र दुइ सदस्य अर्कोतीर छन्। ठाकुरलाई झाले साथ दिएका छन्।

राजपाले हटाएका महामन्त्री संघीय फोरमका केन्द्रीय सदस्य
राजपाले हटाएका महामन्त्री पुरूषोत्तम झा र शशिकपुर मियालाई संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

बुधबार बसेको फोरमको पदाधिकारी बैठकले झा र मियालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। मंगलबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले महाधिवेशनको तिथी घोषणापछि गरिएका सबै मनोनयन गर्ने खारेज गर्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै झा र मियाको महामन्त्री पद खारेज गरिएको थियो। झाले भने,‘राजपाले हामीलाई अलपत्र बनायो । त्यसैले हामी संघीय फोरमा आयौ।’

फोरम स्रोतका अनुसार प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा यादवले झा र मिया केन्द्रीय सदस्यमा मनोनित भएका थिए। उनीहरू दुबै व्यक्ति पर्साका हुन ।

पर्सामा आफ्नो पकड कायम राख्न राउतले झा र मियालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सिफारिश गरेको स्रोतको भनाइ छ। यादवले पर्साकै जनार्दन यादवलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

 

प्रकाशित मिति: Nov 24, 2018

प्रतिक्रिया दिनुहोस्