Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई अचानक हृदयघात, गंगालालमा उपचार हुँदै

काठमाण्डौ : नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनरा काफ्लेलाई हृदयघात भएको छ । महामन्त्री काफ्ले शुक्रबार बिहान ५ बजे अचानक बिरामी भएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

हृदयघात भएपछि अस्पताल लगिएको थियो । सुरुमा हेम्स अस्पताल लगिएको थियो । हेम्सले नसकेर सहिद गंगालाल हृदय रोग केन्द्रमा लगिएको नेविसंघ केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।

गंगालामा उपचाररता काफ्लेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको भट्टले बताएका छन् । छातीमा समस्या देखिएका कारण उनको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्