Logo
२ जेष्ठ २०८१, बुधबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस निकट भएका कारण हुसेन हत्या घटनाप्रति सरकार भएन गम्भिर, ‘खुर्सिद थिए एमाले’

मंगलबार बिहान सुनसरी जिल्ला दुहबीमा हत्या गरिएका फिदा हुसेन नेपाली कांग्रेस भएकै कारण कम्युनिस्ट सरकार गम्भिर नभएको बुझिएको छ ।

दुई महिना अगाडि सुनसरीमै खुर्सिद आलमको हत्या हुँदा तत्काल शहिद घोषणा गर्दै क्षतिपूर्तिको उपलब्ध गराएको केपी ओलीको सरकारले मुस्लिम समुदायमाथि पनि भेदभावको नीति राखेको आरोप छ । आलम तात्कालिन नेकपा एमालेका स्थानिय नेता थिए ।

घटनापछि स्थानीयले हत्याको क्षतिपूर्ति नभइ हत्यारा पक्राउ गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका छन् । स्थानीयले यसअघि पनि भुटाहामा अर्को मुस्लिमकै हत्या भएको बताउँदै फेरि पनि मुस्लिमकै हत्या भएपछि प्रशासनसँग आक्रोश पोखेका छन् । उनीहरूले मुस्लिम समुदायको सुरक्षा नभएको भन्दै प्रशासनसँग आक्रोश पोखेका हुन् ।

उनीहरूले सुरक्षाको माग गर्दै दुहबी बजारमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । प्रहरीले खुर्सिद आलमको हत्यामा भारतीयको संलग्न रहेको र उनीहरू भारतमै लुकेको दाबी गरेको छ । खुर्सिद आलम एमाले भएकाले उनको परिवारलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति दिएको थियो ।

घटना भएपछि इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको समेत चर्चा चलेको थियो । उनीमाथि मुम्बईसहितका विभिन्न स्थानमा भएका बम आक्रमणमा संलग्न भएको लडाकुलाई आफ्नै घरमा आश्रय आरोप भारतीय पक्षले लगाएको थियो ।

तर यता, जयबाबा इँटा भट्टाका मेनेजर समेत रहेका फिदा हुसेन खुर्सिद मारिएकै शैलिमा मारिएतापनि उक्त घटनाप्रति सरकार भने खासै गभ्भिर देखिएका छैन ।

स्थानिय भन्छन् ‘ हुसेनका झन कुनै आपराधिक गतिबिधिमा समेत संलगन थिएन तर पनि सरकार गभ्भिर नहुनु मुस्लिममाधी आन्याय हो’। श्रीमतीसँगै हिँडिरहेको अवस्थामा उनलाई हतियाधारी अज्ञात समूहले बिहान साढे ६ बजे गोली प्रहार गरेको थियो ।

सुनसरीका डिएसपी ज्ञानेन्द्र फूयालका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धानका लागि एक टोली आएको बताए । केहीलाई पक्राउ गरेर सोधपुछ थालिएको छ ।

 

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्