Logo
२ जेष्ठ २०८१, बुधबार
(November 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा बिहानैदेखि प्रदर्शन : शहिद घोषणा गर्नुपर्ने प्रमुख माग सहित सरकारसमक्ष ५ बुँदे मागपत्र

प्रदेश नम्बर १ स्थित सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गर्दै आज पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

हत्या भएको विरोधमा आजपनि बिहानैदेखि सुनसरीको  हरिनगरा–भुटाहा, इनरूवा, दुहवी लगायत सुनसरीको विभिन्न स्थानमा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल हत्यारा पत्ता लगाउन स्थानीय प्रशासनसँग माग गरेका छन् । हत्याको विरोधमा स्थानीयले हिजोपनि प्रदर्शन र्गैदै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थिए ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजरसमेत रहेका हुसेनको बुधबार विहान साढे ६ बजे गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा उनीमाथि गोली  हानेका थिए ।

हुसेनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

सुनसरीको हरिनगरा–२ रामनगर भुटाहामा यसअघिपनि खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

यसैगरी प्रमुख जिल्ला अधकारी मार्फत नेपाल सरकारलाई ५ बुँदे माँग पठाइएको छ । उक्त माग पत्रमा शहिद घोषणा गर्नुपर्ने प्रमुख माग रारखिएको छ ।

 

 

प्रकाशित मिति: Nov 22, 2018

प्रतिक्रिया दिनुहोस्