Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मोहम्मद डे’ कै दिन फिदा हुसैनको हत्या, धार्मिक हिंसा भड्काउन अदृश्य शक्तिको चलखेल

मर्निङ वाकमा निस्किएका सुनसरी स्थित  दुहबी नगरपालिका वडा नं. ९, छाताबेलीका मुस्लिम अगुवा तथा व्यवसायी फिदा हुसैनको हत्याले नयाँ तरङ्ग पैदा गरेको छ ।

आज मुस्लिम धर्मावलम्वीको प्रवर्तक ‘मोहम्मद डे’ समेत परेको छ । यसै दिनलाई माैका छोपेर हत्या गरिनुले धार्मिक हिंसा भड्काउने अदृश्य शक्तिको चलखेल हुनसक्ने प्रहरी उच्च अधिकारीको ठम्याई छ ।

मोटरसाइकलमा आएका अज्ञात दुई व्यक्तिले दुहवी नगरपालिका वडा नम्बर ९ का हुसैनलाई गोली हानेर हत्या गरेका हुन् । तर, यसरी नै मोटरसाइकलमा आएकाले गोली हानेर भाग्न सफल कसरी हुन्छ ? यो भने अनुसन्धानको पाटो बन्न सकेको छैन् ।

पटक-पटक मुस्लिम अगुवामाथिको आक्रमणमा मोटरसाइकलको प्रयोग हुनु र अपराधी भाग्न सफल हुनुले अनुसन्धान गर्ने निकाय र सरकारमाथि नै प्रश्न खडा हुन थालेको छ ।

मुस्लिम समुदायका अगुवामाथि आजसम्म भएका हमलामा प्रायः मोटरसाइकलको प्रयोग हुने र गोली प्रहार हुने गरेको छ । तर, अपराधी पत्ता लाग्ने गरेको भने छैन् । सुनसरीको भुटाहामा खुर्सीद अन्सारीको हत्या समेत यहि प्रकृतिको हो ।

गम्भिर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो । व्यवसायीको सुरक्षा नभएको भन्दै आफन्त र स्थानीयवासीले कोसी राजमार्ग अन्तर्गतको दुहवी बजार ठप्प पारेका छन् ।

टायर बालेर बिरोध र प्रदर्शन भएको छ । उनको हत्याको कारण अन्तर्राष्ट्रिय सम्बन्धको कारण हो या व्यक्तिगत भन्नेचाहीँ खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

उनी एउटा इटा उद्योगका प्रबन्धक पनि थिए । साथै, सो क्षेत्रका मुस्लिम अगुवा पनि थिए । हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।

७ बर्षअघि काठमाडौंको घन्टाघरमा सुनसरी घर भएका मुस्लिम संगठनका महासचिव फैजान अहमदलाई पनि मोटरसाइकलमा आएका बन्दुकधारीले गोली ठोकी हत्या गरेका थिए ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्