Logo
२ जेष्ठ २०८१, बुधबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली काण्डपछि सुनसरीमा स्थानियको प्रदर्शन, सोनापुर, दुहबी र छाताबेली तनावग्रस्त

प्रदेश नम्बर एक स्थित सुनसरीको दुहबी नगरपालिका वडा नं. ९, छाताबेलीका फिदा हुसेनको हत्या भएपछि स्थानीयवासीहरूले धरान-विराटनगर रोडको दुहबी-सोनापुर खण्डमा टायर बालेर प्रदर्शन थालेका छन् ।

बुधबार बिहान अज्ञात समुहले हुसेनलाई गाेली हानी हत्या गरेको हो । स्थानीयवासीहरूका अनुसार उनी अाज बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । घटना स्थलमै उनकाे मृत्यु भएकाे छ ।

साेनापुर, दुहबी र छाताबेलीकाे स्थिति यत्तिबेला तनावग्रस्त छ ।स्थानीयवासीहरूका अनुसार फिदा हुसेन बुधबार बिहानै मर्निङ्ग वाक गर्दै अाफू कार्यरत् ईटाभठ्ठातर्फ जाँदै गर्दा उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । अस्पताल लैजाँदै गर्दा उनकाे मृत्यु भएकाे थियाे ।

हत्याराबारे केहि खुल्न सकेको छैन भने प्रहरीले खाेजी कार्य जारी राखेकाे छ । केही महिना अघि सुनसरीकै रामनगर भुटाहामा अज्ञात समुहले खुर्सिद आलमको हत्या गरेको थियो ।

दुहबीका इटा उद्याेगका मेनजर मृतक फिदा हुसेन साेही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन् । मर्निङवाक जाने क्रममा अज्ञात समुहले फिदालाई दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले बताए।

इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए । गोली किन र कसले प्रहार गर्यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक माझीले जानकारी दिए

उपचारका लागि विराटनगर लाने क्रममा उनको फिदाको मृत्यू भएपछि अहिले फिदाको शव दुहबीको छतबेलीमा रहेको उनको निवासमा राखिएको छ भने अहिले विराटनगर इटहरी सडकखण्ड र दुहबी बजार बन्द गरिएको छ । दुहबी क्षेत्र तनावग्रस्त भएको दुहबीका स्थानिय संचारकर्मी चन्दन रौनियरले बताए ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्