Logo
२ जेष्ठ २०८१, बुधबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा अर्काे गाेली काण्ड : छाताबेलीका फिदा हुसेनको गाेली हानी हत्या

प्रदेश नम्बर एक स्थित सुनसरीकाे दुहबी नगरपालिका वडा नं. ९, छाताबेलीका फिदा हुसेनको हत्या भएको छ । केही महिना अघि सुनसरीकै रामनगर भुटाहामा अज्ञात समुहले खुर्सिद आलमको हत्या गरेको थियो ।

बुधबार बिहान अज्ञात समुहले हुसेनलाई गाेली हानी हत्या गरेको हो । स्थानीयवासीहरूका अनुसार उनी अाज बिहानै मर्निङ्ग वाकमा गएकाे बेला उनलाई दुई गाेली प्रहार गरिएकाे थियाे । घटना स्थलमै उनकाे मृत्यु भएकाे छ ।

मृतक फिदा हुसेन साेही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ हुन् । भने यसबरे बिस्तृत बिवरण आउन बाकी छ ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्