Logo
१६ बैशाख २०८१, आईतबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेलमार्ग निर्माणका लागि सरकारसँग थप ६ अर्ब रुपैयाँ माग

काठमाडौं : रेलमार्ग निर्माणका लागि सरकारसँग थप ६ अर्ब रुपैयाँ माग गरिएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयले जयनगर–जनकपुर–बर्दिवास हुँदै निजगढसम्म विस्तार हुने रेलमार्ग निर्माणका लागि सरकारसँग चालू आर्थिक वर्षका लागि नै थप ६ अर्ब रुपैयाँ माग गरेको हो ।

मन्त्रालयले रेल विभागको लागि चालू आवमा छुट्याएको ४ अर्ब ४८ करोड रुपैयाँ अपुग भएको र र निजगढसम्म रेल मार्ग बिस्तार गर्ने नयाँ योजना बनेकाले थप बजेट आवश्यक परेपछि अर्थ मन्त्रालयसँग माग गरिएको भौतिक योजनामन्त्री रघुवीर महासेठले बताए ।

महासेठका अनुसार चालू आवको लागि छुट्टाइएको बजेटमा ११ प्रतिशत खर्च भैसकको छ । पुँजीगत खर्च कम भए पनि आर्थिक वर्षको अन्त्यसम्ममा बजेट अभाव हुने भन्दै अहिले नै सो रकम माग गरिएको मन्त्री महासेठ बताउछन् ।

थप बजेट माग गरेको बारे अर्थ सचिव डा. राजन खनालले भने अहिलेको ऐन कानुनले नयाँ थपिएका योजनाहरुमा मन्त्रालय अन्तर्गतको बजेट पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएकाले पहिले मन्त्रालयसँग रहेको बजेट खर्च गर्नुपर्ने बताउछन् ।

उनका अनुसार कुनै विनियोजन भएको पैसा ४ महिना बितिसक्दा पनि १०/१५ प्रतिशत मात्रै खर्च भएको अवस्थामा पनि थप पैसा माग हुने गरेको भन्दै यस्तो परम्परामा सबै सुधारिनुपर्छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयलाई प्राप्त पुँजीगत बजेट ७२ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा आलू आवको ४ महिना सकिँदासम्म १६ प्रतिशत मात्रै खर्च भएको छ

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्