Logo
२३ बैशाख २०८१, आईतबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जनप्रतिनिधी आफूखुसी चल्न थाले’

काठमाडौं : नेकपाको तल्लो तहसम्म पार्टी एकता नहुँदा पार्टीबाट उठाएका निर्वाचित जनप्रतिनिधी आफूखुसी चल्न थालेका छन् ।
पार्टीको कमिटीहरु गठन नहुँदा जनप्रतिनिधीलाई अनुशासनमा राख्न समस्या परेको हो ।

नेकपा अर्घाखाँचीका निवर्तमान जिल्ला सचिव रामबहादुर चौहानले भने,‘प्रदेश/स्थानीय तहमा पार्टीका कमिटी नै छैन, हामीले उठ्न सिफारिस गरेर जितेका प्रतिनिधीहरु अहिले मनपरी चल्दै हुनुहुन्छ, स्पष्टिकरण सोध्नेसम्म हामीले बाटो पाएनौं ।’

एकता प्रक्रियालाई टुंग्याउन नेताहरूले तदारुकता नदेखाउँदा प्रदेश र स्थानीय तह ‘लगामबिनाका घोडा’ बन्न थालेको उनको निष्कर्ष छ ।
‘यो एकता शुरूमै टुंगिइसक्थ्यो । नेताहरूले विधि, प्रक्रिया, मापदण्ड, वरीयता मिचेर एकता प्रक्रिया अघि बढाउन थाल्नुभयो । प्रदेश र जिल्ला तहमा सिफारिसमै असन्तुष्टि उब्जिएपछि एकता धकेलिने अवस्था बन्यो,’ उनी भन्छन् ।

त्यसो त चौहान विधि, प्रणाली, वरीयता बहसका सूत्राधार हुन् । पाँच नम्बर प्रदेश कार्यदलले गरेको सिफारिसप्रति विमति जनाउँदै लिखित असन्तुष्टि दर्ज गरेपछि पार्टीभित्र नयाँ मापदण्डको खोजी गरिएको हो । पछि तेस्रो वरीयताका नेता माधव नेपाल चौहानकै तर्कमा उभिए । र, पार्टीभित्र नयाँ मापदण्डको बहस चलाए ।

चौहान अहिले पनि आफ्नै तर्कमा उभिएका छन् र विधि, पद्धति, वरीयतालाई केन्द्रमा राखेर पार्टी एकता टुंग्याउन सचिवालय र स्थायी कमिटी तहका नेताहरूको ‘घरदैलो’ गरिरहेका छन् ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्