Logo
२ जेष्ठ २०८१, बुधबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिजे बाजा र लाउडस्पिकर बजाउन पूर्ण प्रतिवन्ध

जनकपुरधाम : चर्कोस्वरमा बजाइने डिजेबाजामाथि जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण प्रतिवन्ध लगाएको छ । जेष्ठ नागरिक, विरामी, विद्यार्थी र सर्वसाधारणको स्वास्थ्य हितलाई ध्यानमा राखी डेजे र चर्को स्वरमा बजाउने बाजामाथि पूर्ण प्रतिवन्ध लगाएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

आईतवार बसेको जिल्ला सुरक्षा समिति धनुषाको बैठकले वभिन्न चाडपर्व, विवाह, व्रतवन्ध लगायतको उत्सवमा चर्को स्वरमा बनाइने डिजे र लाउडिस्पीकर बजा बजाउन निषेध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

‘विभिन्न धर्माबलम्बीको चाडपर्वमा पनि रातको समयमा चर्को स्वरमा बाजा बजाएर अथवा माईकिंग गरेर ध्वानी प्रदुशन नगर्न आग्रह गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भन्नुभयो ‘यदि विद्यार्थी, सर्वसाधारण र विरामीलाई ध्वनी प्रदुषण हुने गरी बजाईयो भने नियमाअनुसार कडा कार्वाही गर्नेछौं ’

त्यस्तै विवाह व्रतवन्ध र उत्सवको बेला पनि छिमेकलाई मेत असर नपर्ने गरी सानो स्वरमा मात्र बाजाउन पाइने र यस्तो नियमको उलंघन गर्ने जोकोहिलाई कडा कार्वाही हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय विभिन्न चाडपर्व, विवाह व्रतवन्ध लगायत उत्सवको बेला चर्को स्वरमा बाजा डिजे र लाउडस्पिकर बजाइने प्रवृतिले झै झग्डा हुनुको साथै विरामी, वृद्ध, विद्यार्थी र सर्वसाधारण आजित भएका थिए ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्