Logo
२ जेष्ठ २०८१, बुधबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०१ वर्षीया वृद्धले गृहमन्त्रीबाट राष्ट्रिय परिचय पत्र पाएसँगै औपचारिक रुपमा वितरण सुरु

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार पाँचथर पुगेर १०१ वर्षीया वृद्ध भगवती भन्डारीलाई राष्ट्रिय परिचय पत्र दिएपछि राष्ट्रिय परिचय पत्र वितरण औपचारिकरुपमा सुरु भएको छ । गृहकार्यको ८ वर्षपछि सरकारले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । भन्डारी पाँचथरको फिदिमकी हुन् ।

सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको पाँचथर जिल्लामा आजबाट वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्