Logo
२३ बैशाख २०८१, आईतबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रिय समितिको बैठक सकियो : विधान पारित, नेविसंघको म्याद २ महिना थप

काठमाण्डौ : नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सकिएको छ । केहीबेर अघि सकिएको बैठकले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप गरेको छ । यसअघि थपिएको ३ महिनाको अवधि आज सकिएको थियो ।

समयमा महाधिवेशन नगरे पनि पुनः २ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारीसहित म्याद थपिएको नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । यसैगरि बैठकले नेविसंघको विधान पनि पारित गरेको छ ।

तर संस्थापनइतरका नेताहरुले भने असन्तुष्टी जनाएका छन् । उनीहरुले नेविसंघको म्याद ६ महिना थप्नुपर्ने माग गरेका थिए । बैठकको निर्णय बहुमतले पारित गरिएको हो ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्