Logo
२३ बैशाख २०८१, आईतबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेस नेता विष्णु धितालले भने–जनअपेक्षा अनुसारका काम गर्न सरकार चुक्यो

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता विष्णु प्रसाद धितालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुशार काम गर्न नसकेको बताएका छन् ।

लमजुङको दोर्दी गाउँपालिका–८ बन्सारमा आयोजीत चाडपर्वको शुभकामना आदनप्रदान कार्यक्रमका बोल्दै नेता धितालले वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको बताए । उनले भने,‘जनअपेक्षा अनुशार काम गर्न सरकार चुक्यो ।’

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उनको ठम्याई छ ।

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएको नेता धितालको जोड छ ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्