Logo
१६ बैशाख २०८१, आईतबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलामाथि दुर्व्यवहार गरेपछि प्रहरी र स्थानीयबीच झडप

उदयपुर : कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीको विषयमा बिवाद हुँदा उदयपुरको कटारी नगरपालिका ४ मा प्रहरी र स्थानीयबीच झडप भएको छ । डिएसपी धुब्र श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीले स्थानीय महिलामाथि लाठीचार्ज गरी दुव्यर्वहार गरेको भन्दै राति नै प्रदर्शन गरेका छन् ।

कटारी नगरपालिका ५ मरुवा खोलाका स्थानीय मोहन कोइराका अनुसार राती १२ बजे कसमस सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने टिपर खुलाउने क्रममा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुव्रकुमार श्रेष्ठको कामण्डमा आएको टोलीले लाठ्ठी चार्ज गरी हातपात गरेको बताए ।

‘चाडपर्वको बेला टिपर सञ्चालन नगर्ने सहमति विपरित टिपर सञ्चालन गरेपछि कसमस सिमेन्ट र स्थानीयबीच विवाद भएको हो’ उनले भने, ‘गएराति स्थानीयले रोकेको टिपर खुलाउन प्रहरी गयो, स्थानीयले रोके । त्यसक्रममा प्रहरीले गोली हान्छु, मार्छु भन्दै लाठ्ठी चार्ज गरेर महिलामाथि हातपात गरेको हो ।’

प्रहरीको लाठ्ठी लार्जले कटारी नपा ४ मरुवा खोलकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी श्रेष्ठले चुनढुङ्गाको टिपर खुलाउने क्रममा केही महिलामाथि हातपात हुन गएको स्वीकारे ।आफूलाई घट्नाको बारेमा थाहा नभएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

स्थानीयका अनुसार घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् । सिद्धिचरण लोकमार्गमा पर्ने कटारी घुर्मी सडकमै कटारी नगरपालिका ८ वडमीमा कसमस सिमेन्टको चुनढुँगा उत्खन्न स्थल छ । त्यही उत्खन्न स्थलबाट कसमस सिमेन्टले टिपरबाट चुनढुँगा ढुवानी गर्छ।

कसमले सिद्धिचरण लोकमार्गको करिव १० किलोमिटर सडकमा टिपर आतँक बढेको छ। त्यही आँतकपछि स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्