Logo
१८ बैशाख २०८१, मंगलबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउँदै

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । उनी मंसिर २६ गते नेपाल आउन लागेको उच्च स्रोतले बतायो । विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदीको यो प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हो ।

उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु (आइसिपी) को उद्घाटन गर्न नेपाल आउन लागेका हुन् ।
दुबै परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्