Logo
१९ बैशाख २०८१, बुधबार
(November 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रिय कार्यालय समेत देशभर कांग्रेसको चियापान : को को पुगे ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार केन्द्रिय कार्यालय समेत देशभर चियापान कार्यक्रम गरेको छ । चियापान कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरु मिलेर ल्याएको परिवर्तन अझै संस्थागत भइनसकेकाले यसलाई अघि बढाउन अझै मेलमिलाप र एकता आवश्यक भएको बताए ।

ललितपुर स्थित पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुगेका थिए ।

 

प्रकाशित मिति: Nov 2, 2018

प्रतिक्रिया दिनुहोस्