Logo
१९ बैशाख २०८१, बुधबार
(November 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतार भ्रमण सकेर राष्ट्रपति आज स्वदेश फर्कंदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कंदैछिन् । कतारको चारदिने भ्रमण सकेर भण्डारी साँझ ७ फर्कने कार्यक्रम छ ।

कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा भण्डारी सोमबार भ्रमणमा गएकी थिइन् । भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच नेपाली कामदार,लगानी पर्यटन तथा कृषि क्षेत्रमा कुराकानी भएको थियो ।

भ्रमणका क्रममा कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने सहमति भएको छ । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत पनि सँगै छन् ।

भण्डारीले नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् ।

प्रकाशित मिति: Nov 1, 2018

प्रतिक्रिया दिनुहोस्