Logo
१९ बैशाख २०८१, बुधबार
(October 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामको नयाँ घोषणा : फरक ढङ्गले फेरि जनयुद्ध गर्छौं

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने घोषणा गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे ।

उनले भने,‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं, अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’

राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे ।

प्रकाशित मिति: Oct 31, 2018

प्रतिक्रिया दिनुहोस्