Logo
६ जेष्ठ २०८१, आईतबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारको हत्यापछि साउदी अरबविरुद्ध अमेरिका आक्रमक पहिलो पटक साउदी अरबमाथि कारबाही थाल्दै

 वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको हत्यालाई लिएर अमेरिका साउदी अरबविरुद्ध आक्रमक भएको छ। अमेरिकाले पहिलो पटक साउदी अरबमाथि कारबाही थाल्दै त्यहाँका २१ अधिकारीको अमेरिकी भिसा बन्द गर्न लागेको हो । 

अमेरिकाले हत्यामा संलग्न भनिएका साउदी अधिकारीहरुको अमेरिकी भिसा रद्द गर्ने निर्णय टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानले यो घटनाक्रमको पूर्ण विवरण खुलसा गरेपछि लिन लागेको हो । 

एर्दोगानले खसोग्गीको हत्या साउदी दूतावासमा भएको खुलासा गरेका थिए । यसको योजना २८ सेप्टेम्बरमा बनाइएको थियो । खसोग्गीको शवको टुक्रा इस्तान्बुलस्थित साउदी राजदूतको घरको बगैँचाबाट बरमद भएको थियो । उनको २ अक्टोबरमा इस्तान्‍बुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या भएको थियो । 

अमेरिकी विदेश विभागका अनुसार २१ जन साउदी अधिकारीको पहिचान भएपछि उनीहरुको भिसा रद्द गर्न लागिएको हो । उनीहरुको भिसा भविष्यमा फेरि कहिले जारी हुने छैन । 

विदेश मन्त्री माइक पोम्पियोले यो प्रतिबन्ध अन्तिम नभएको जनाउँदै अझै कडा कदम चाल्ने पनि जनाउ दिएका छन् । घटनाक्रमबारे थप खुलासा भएपछि अन्य कारबाही चलाइने उनले बताएका छन् । एक पत्रकारविरुद्ध अमेरिका कुनै पनि प्रकारको हिंसाबारे मौन नबस्ने उनले बताएक छन् । 

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्