Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकवर्षदेखि दुई छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

काभ्रे :  कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो । काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ । जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ ।

कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्