Logo
१८ बैशाख २०८१, मंगलबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली यूवा पुस्तामा बढ्दो विदेश मोहबीच भुटाहाका मजाज अहमदको नयाँ “स्मार्ट” उदाहरण

नेपाली यूवा पुस्तामा प्रायः विदेश मोह बढ्दो छ । तर यहीँ मुलुकमा कतिपय यूवाहरु विदेशको मोह छाडेर नेपालमै पसिना बगाउने कार्यहरु पनि गरेका उदाहरणहरु रहेका छन् । यसैबीच प्रदेश नम्बर १ स्थित सुनसरीको रामनगरको भूटाहामा एक यूवाले अर्को नयाँ उदाहरण स्थापित गरेका छन् । कत्तार स्थित कत्तार यरवेजमा उच्चपदस्त जागिर छोडेर उनी आफ्नै गाँउ फकेका हुन् भने गाँउलाई स्मार्ट गाँउ बनाउने सपना बुनेका छन् ।

संचालक मजाज अहमद अन्सारी

भुटाहाका मजाज अहमद जो कत्तार एयरवेजको उच्चपदस्त जागिर छाडेर भुटाहामा “जेर्नल स्टोर” अर्थात “मिनि सपिंग मल” खोलेका छन् । भुटाहाका आर्दश शिक्षक परिवार मानिने अहमद नसिर अहमदका छोरा र स्वर्गिय बसिर अहमदका भतिज हुन् । उनले खोलेका “जेर्नल स्टोर” मा दैनिक उपभोग्य सरसमानहरु एकै स्थानमा पाइन्छ भने एटिएम कार्डबाट समेत जे पनि खरिद गर्ने सुविधा छ ।

शहरमा मात्र ठुला-ठुला सपिंग मलहरु देखिएता पनि गाँउको सानो बजारमा मल स्टाइलको जेर्नल स्टोर खुलेपछि स्थानिय युवामा निकै रौनकता छाएको छ ।

भुटाहाका अर्का ब्यवसायी तथा समाजसेवी नइम अन्सारी भन्छन् -‘साथी मजाजको यो प्रयासले युवामा सकारात्मक सोच समेत ल्याएका छन् ।’ उनले भने -‘चकाचौन कत्तारको उच्चस्तरको जागिर छाडेर उनले भुटाहा जस्तो ठाँउमा अत्याधुनिक मिनि सपिंग मल खोल्नु अवश्यपनि गाँउलाई पनि शहर भन्दा कम छैन भन्ने देखाउनु हो तर्सथ उहाँको यो सोचलाई सम्मान गर्ने पर्दछ ।’

संचालक मजाजले आफू पैसा कमाउन नभई गाँउलाई पनि स्मार्ट बनाउने पहल मात्र गरेको बताए । ‘मलाई ब्यापार नै गर्नु थियो भने भुटाहामा किन ? इटहरी-बिराटनगरमा गर्थे, तर यो मेरो गाँउ हो, यो गाँउलाई सर्माट बनाउनु मेरो कर्तब्य पनि हो ।’ उनले भने -‘गाँउका युवाहरुमा हिन्ताबोध नहोस् उनीहरुले शहरमा पाइने सविधा आफनै गाँउमा पाओस् त्यो मेरो प्रयास हो ।’

उनले खोलेका जेर्नल स्टोरमा प्रायः सबै दैनिक उपभोगिय समाग्री एकै स्थानमा पाइने सुविधा छ । स्टोरमा प्रवेश गर्न बितिकै कुनै शहरको समपिंग मलमा कुनै समान खरिद गर्न आएको जस्तो अनुभुती हुन्छ । संचालक मजाज भन्छन् -‘बजारमा अहिले मिसावटी समानहरुले कब्जा र नक्कली समानहरुको बिगबिगी पनि उत्तिकै छ तर मेरो प्रयास सक्कली समान र मिसावट रहित सामान गाँउलेसामु प्रस्तूत गर्नु हो ।’

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्