Logo
६ जेष्ठ २०८१, आईतबार
(October 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्वेन्टी-ट्वेन्टी विश्वकप छनौट : सन्दीप एक्लैले लिए चार विकेट, मलेसिया ब्याटिङ्गमा

सन्दीप लामिछाने, फाइल तस्बिर

काठमाडौँ : ICC ले आयोजना गर्ने ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धा अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो खेलमा म्यानमारमाथि ८ विकेटको शानदार जित निकालेको नेपाली टोली उत्साहका साथ मैदानमा छ । मलेसियाले पनि पहिलो खेल जितेको छ । नेपाल रहेको समूहमा मलेसियासँगै म्यानमार, भुटान, थाइल्याण्ड, सिंगापुर र चीन रहेका छन् ।

क्वालालम्पुरमा टस जितेर मलेसियाले ब्याटिङ्ग गरिरहेको छ । उसले १३ ओभरको खेल सकिँदा सात विकेट गुमाएको छ । नेपालका सन्दीप लामिछानेले चार तथा सोमपाल कामीले दुई विकेट लिइसकेका छन् ।

प्रतिस्पर्धाको शीर्ष तीन टोली छनौटको दोस्रो चरणमा पुग्ने छन् अर्थात एसियाली छनौटमा पुग्ने छन् । एसियाली छनौटमा ६ टिम हुनेछन् र त्यसका शीर्ष दुई टिम विश्वस्तरीय छनौटमा पुग्ने छन् ।

विश्व स्तरको छनौटमा ट्वेन्टी–ट्वेन्टी बरियतामा अन्तिममा रहेका ६ टिम र विभिन्न पाँच क्षेत्रबाट छनौट भएर आएका ८ टिम हुनेछन् । एसियाली क्षेत्र अन्तर्गत पश्चिम क्षेत्रको छनौटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा पुगेका छन् ।

अहिलेको छनौटमा नेपाल अरु भन्दा बलियो टिम रहेकाले अघिल्लो चरण पुग्ने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति: Oct 6, 2018

प्रतिक्रिया दिनुहोस्