Logo
१६ बैशाख २०८१, आईतबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री वाँस्कोटाको दबाबमा विकास समितिको निर्णय नै परिवर्तन (प्रमाण-सहित)

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्तव्य व्यक्त गर्दै । तस्वीर : रत्न श्रेष्ठ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद वाँस्कोटाको दबाबमा संसदको विकास तथा प्रविधि समितिले आफ्नो निर्णय तीनपटक सच्याएको खुलासा भएको छ । समितिको बैठकमा सभापति कल्याणी खड्काले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिष्पर्धाबाट गराउन निर्देशन दिएकी थिइन् ।

यो निर्देशन पढिरहदा मन्त्री वाँस्कोटाले ‘एकछिन सभापति ज्यू एउटा मेरो अब्जेक्सन छ, विषयवस्तुको छलफल एउटा, निर्देशन अर्को, यो निर्णय कसले लेख्छ? हामीले एमडीको नियुक्ति खुला प्रतिपर्धाबाट नै गर्छौ’ भन्दै हस्तक्षेप गरे । मन्त्रीले बीचैमा बोलेपछि सभापति खड्काले त्यस सम्बन्धी पुरा निर्णय समेत नपढी अर्को निर्णय तर्फ लागिन् ।

जब मन्त्री बैठकबाट बाहिरिए पछि यसअघि तयार भएको निर्देशन समेत सच्याइयो । बैठकमा सभापति खड्काले पढेको निर्देशनको पहिलो निर्णयमा नेपाल टेलिकम सेवालाई गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशासनिक एवं व्यवस्थापकीय सुधार गर्न प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न, नेपाल टेलिकमको सुधारको लागि रणनीतिक साझेदार छनोट गर्न समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ भनिएको थियो ।

सभापति खड्का नेकपाकै सांसद हुन् । मन्त्री बाहिरिएपछि निर्णयको अर्को मस्यौदा तयार भयो । त्यसमा प्रबन्ध निर्देशकको पदपूर्ति शीघ्र गर्न गराउन निर्देश गर्दछ भनियो । बैठकबाट बाहिरिएका मन्त्रीले सभापतिलाई फोन गरेपछि तेस्रो पटक निर्णय सच्याइएको स्रोतले जनाएको छ ।

अन्तिम निर्णयमा टेलिकमको महाप्रबन्धक नियुक्तिसम्बन्धी व्यवस्था हटाइएको छ। तेस्रो निर्णयमा नेपाल टेलिकमको सेवालाई विस्तार गर्न एवम् गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशासनिक एवम् व्यवस्थापकीय सुधार गर्न गराउन, निर्माण भएका बिटीएस टावरलाई शीघ्र सञ्चालनमा ल्याउन भनी निर्देशन दिइएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकमा सहभागीहरु । तस्वीर : रोशन सापकोटा

पहिलो मस्यौदा : 

सम्पादन गरिएको मस्यौदा : 

मन्त्री गोकुलप्रसाद वाँस्कोटाको निर्देशनपछि सच्याएर तयार पारिएको अन्तिम निर्णय : 

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्