Logo
१५ बैशाख २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलकै विद्यार्थी संगठनद्वारा आइजीपी खनाललाई बर्खास्त गर्न माग

काठमाडौं : सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गरेको छ। सत्ताढ दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन-पत्र बुझाउँदै खनाललाई बर्खास्त गर्न माग गरेका हुन् ।

जनताको जीउधनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन अक्षम रहेको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न ज्ञापनपत्रमा माग गरिएको छ । ‘बलात्कार हत्याका घटना दिनहुँ भइरहनु, त्यस्ता घटनामा सरकार र त्यसका अंगहरूमाथि गम्भीर प्रश्नहरू उब्जिँदै जानु चिन्ताको विषय हो,’ ज्ञापन–पत्रमा उल्लेख छ ।

निर्मला पन्तको बलात्कार र हत्याका मूल कारक बम दिदीबहिनी, एसपी र अन्य प्रहरीमाथि अनुसन्धान केन्द्रित गर्न संगठनले माग गरेको छ। साथै बलात्कार, एसिड प्रहार तथा जघन्य अपराधनमा आजीवन कारबाहीको व्यवस्था गर्न विद्यार्थी संगठनले माग गरेको छ।अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए ।

यस्तै, यातायातका साधनमा बढाइएको भाडा फिर्ता गर्न, बजार अनुगमन, जनजीविकाको पक्षमा परिणाममुखी कार्य गर्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

 

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्