Logo
१५ बैशाख २०८१, शनिबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिमा शशि श्रेष्ठ आएपछि राज्य व्यवस्था समितिमा तेस्रो पटक पत्रकारलाई रोक 

काठमाडौँ : संसद्‌को राज्य व्यवस्था समितिमा नेपाली सेनाबारे एक छलपल भइरहदा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।  नेपाली सेनाकाे आर्थिक कारोबार सम्बन्धी जानकारी बाहिर आउने भन्दै संसद्‌को राज्य व्यवस्था समितिले बैठकमा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको हो ।

मंगलबार बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा पत्रकारलाई राेक लगाएकाे हाे । साेमबार गृह सम्बन्धीकाे छलफलमा पनि सञ्चारकर्मीलाई राेक लगाएकाे थियाे । विगतमा रक्षा र गृह सम्बन्धी कुनै पनि छलफलमा संचारकर्मीलाई रोक लगाएको थिएन । यसअघि सुडान घोटाला, हातहतियार सम्बन्धी छलफलमा समेत पत्रकारलाईसमाचार संकलनगर्न दिइएको थियो ।

समाचार संकलन गर्न गएका पत्रकारलाई बैठक सुरु भए लगत्तै बाहिरिएर सहयोग गर्न राज्य व्यवस्था तथा सुशासन सभापति शशि श्रेष्ठले आग्रह गरेकी थिइन् । ‘संवेदनशील विषयमा छलफल भइरहेकोले तपाईहरु बाहिर गएर सहयोग गरिदिनुस्,’उनले भनिन् ।समितिकाे जिम्मेवारी श्रेष्ठले सम्हालेयता बैठकमा पत्रकारलाई रोक लगाइएको यो तेस्रो पटक हो ।

बैठकमा रक्षा मन्त्रालय र सेनाका आर्थिक गतिविधि र प्रशासनिक काम बारे बुझ्नका लागि समितिले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, रक्षा सचिव बिष्णु लम्साल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत सेनाका उच्च पदस्थ अधिकारीहरुलाई बोलाएको छ ।

 

 

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्