Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जंगल फडानी गरेर हामिलाई अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको छैन : आन्तरिकमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जंगल फडानी गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आफुहरुलार्य मान्य नहुने बताएका छन् । प्रदेश २ विपद व्यवस्थापनबाट सबभन्दा बढि प्रभावित रहेको बताउँदै उनले वातवरणीय विनास गरेर गरिने विकास आफुहरले कुनै हालतमा स्वीकार नगर्ने बताएका हुन् ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभरि हरित प्रदेश योजना अन्तर्गत शुक्रवार आयोजना गरेको विक्षारोपन कार्यक्रमा धनुषाधाममा सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि प्रदेश सरकारले जग्गा उपलब्ध गराउन तयार रहेको बताए ।

उनले भने, ‘प्रदेश २ विपद व्यवस्थापनबाट सभबन्दा बढी प्रभावित प्रदेश हो त्यसैले हामी समयमै सचेत भएर वातावरण संरक्षण गर्नुपर्छ ।’ मन्त्री यादले भने, ‘अहिले निजगढमा साढे २४ लाख रुख बिरुवा काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाईँदै छ । यो विकासको नाममा ठूलो विनास हो । यसले विकराल रुप लिन सक्छ ।’

मधेसमा विकासको नाउमा पटक पटक जंगलको विनास गर्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले अब प्रदेश सरकार यसकालागि गम्भीर रहेको बताए । चुरे संरक्षणकालागि पनि प्रदेश सरकारले छिट्टै कदम उठाउने भन्दै वातावरण संरक्षण तथा सन्तुलनकालागि लागि हरित प्रदेश योजना ल्याएको बताए ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्