Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सय १५ वर्षीया धनकुमारी गुरुङको निधन

लेखनाथ : पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।

नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्तेष्ठी गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्