Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“सफा राखौं,स्वस्थ बनौं” स्थानीयद्वारा घुस्की बजार सरसफाई

भुटाहा : “सफा राखौं,स्वस्थ बनौं” भन्ने नाराका साथ सुनसरीको साविक घुस्की गाविस हाल हरिनगर गाउँपालिका वडा ६ र ७ घुस्की बजारमा स्थानीय सरोकारवालाहरुले सरसफाई गरेका छन् । हरिनगर गाउँपालीका वार्ड नम्बर ७ का वडाअध्यक्ष नसिर खाँ तथा बजार व्यवस्थापन समितिका अध्यक्ष जाहगिर अन्सारीद्वारा आयोजित सरसफाई कार्यक्रममा स्थानीय सरोकारवालाहरुले शुक्रबार घुस्की बजारमा सरसफाई गरेका हुन ।

वार्ड कार्यालय हुँदै घुस्की बजार क्षेत्रमा झाडुले फोहोर संकलन गरेर स्थानीय सरोकारवालाहरुले सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रम बिओपी घुस्कीका सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्त, नेपाल प्रहरी घुस्की प्रहरी चौकी गोपाल साबकोटा, घुस्की बजार व्यवस्थापन समितिका कोषाअधयक्ष ईशा अन्सारी, घुस्कीको प्रमुख आतिथ्य तथा ८ नम्बर वार्डका अध्यक्ष नसिर खाँको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी निरीक्षक दिल कुमार पन्तले स्वास्थ लागि सरसफाइ अनिवार्य भएकोले आ आफ्नो स्थानबाट स्वच्छ वातावरण बनाउनका लागि योगदान दिन आग्रह गरेका थिए ।

सरसफाइ कार्यक्रममा स्थानीय बजार व्यवस्थापन समितिका सचिव मनोज साह, ६ नम्बर वडा सचिव शमिम अन्सारी, वडा सदस्य दाबुद अन्सारी नेकपा का दिलो मियाँ , पुर्व क्षेत्रपाल एवम् घुसकी अध्यक्ष सदरुल अन्सारी, स्थानीयबासी,जनप्रतिनिधि,सुरक्षाकर्मी संचारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्