Logo
६ जेष्ठ २०८१, आईतबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलार बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली

स्याङ्जा : देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो ।

घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ । पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताए।

सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताए ।

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहनु भएका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताए ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्