Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शव जलाउने विषयलाई लिएर रौतहटमा झडप, प्रहरीद्वारा २० राउण्ड हवाई फायर

शव जलाउने विषयलाई लिएर रौतहटमा गाउँलेहरु बिच झडप हुदाँ प्रहरी सहित दर्जनौं सर्वसाधारण घाईते भएका छन् । गरुडा नगरपालिका ९ श्रीपुर र गमहरिया गाँउ बिच बुधवार फेरी शव जलाउने बिषय लिएर दुईपक्ष बिच झडप भएको हो ।

श्रीपुर र गमहरिया बिच बिवादित स्थानमा एकसमुहले गरुडा ९ का ६५ बर्षिय रामपृत शहनीको शव जलाउन खोज्दा बुधवार दिउसो दुुईसमुह बिच झडप भएको प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिनु भयो । झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् ।

प्रहरीतर्फ पाँच जना भन्दा बढी व्यक्ति घाइते भएका छन । हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साह, विश्वनाथ साह सहित पाँच जना घाइते भएका छन् ।

उनीहरुको टाउको र जिउमा चोट लागेको तथा उपचार गरुडामा भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायतको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउण्ड हवाईफायर गर्नु का साथै २३ राउण्ड अश्रुुग्यास प्रहार गर्नुुपरेको प्रहरी उपरिक्षक ढकालले बताउनुु भयो ।

गाउँछेउमा रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भने पछि दुई पक्ष बिच झडप भएको थियो ।

प्रहरी हस्तक्षेप पछि अहिले अवस्था सामान्य भएको तथा सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए । घटना गराउनमा संलग्न रहेको आशंकामा स्थानीय रामप्रवेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्