Logo
६ जेष्ठ २०८१, आईतबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्सिद आलम हत्याको अनुसन्धान एसएसपीले गर्ने, प्रजिअले समन्वय गर्ने

काठमाडौं : बिहीबार सुुनसरीमा हत्या गरिएका खुर्सिद आलमको हत्याको छानबिन गर्न समिति गठन गरिएको छ । स्थानीय बासिन्दाले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै विरोध प्रर्दशन गरेपछि गृह मन्त्रालयले शुक्रबार छानबिन समिति गठन गरेको हो । समितिले अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।

समितिमा प्रदेश नम्बर १ का एसएसपी किशोर दाहाल, सशस्त्र प्रहरी बलका एसपी रमेशकुमार थुम्स, राष्ट्रिय अनुसन्धान विभागका तुलसी प्रसाईं प्रदेश १ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । यसबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पनि छुट्टै अनुसन्धान गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हत्याको विरोध गर्दै परिवारले अहिलेसम्म शव जिम्मा लिएका छैनन् । गृहमन्त्री घटनास्थलमा आएर पीडित परिवारसँग छलफल गर्नुपर्ने उनीहरुको माग छ। गृह मन्त्रालयले भने सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर भेटको वातावरण मिलाउन निर्देशन दिएको छ । खुर्सिद सुनसरीको भुटाहास्थित रैयान नेशनल स्कुल सञ्चालन गर्दै आएका थिए ।

सम्बन्धित अन्य समाचार : नागरिक्ता प्रकरण बन्यो खुर्शिद हत्याको कारण : फैजान अहमद र आतंककारी कनेक्सन

दिनदहाडै अन्सारीको हत्यापछि भुटाहा बजारको के छ अवस्था ? हेर्नुस् फोटो तथा भिडियो

अन्सारी हत्याको विरोधमा भुटाहा बन्द, गृहमन्त्री स्वंय नआएसम्म शव उठ्न नदिने अडान (भिडियो सहित)

खुर्शिद हत्या घटना : शुक्रवारपनि सुनसरीको भुटाहा तनावग्रस्त, शव लिएर परिक्रमा, हाइवे अवरुद्ध

 

 

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्