Logo
६ जेष्ठ २०८१, आईतबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्शिद हत्या घटना : शुक्रवारपनि सुनसरीको भुटाहा तनावग्रस्त, शव लिएर परिक्रमा, हाइवे अवरुद्ध

प्रदेश नम्बर १ स्थित सुनसरीको रामनगर भुटाहामा बिहिबार भएको हत्या घटनाको विरोधमा स्थानियले बजार बन्द गरेका छन् । शान्ती-सुरक्षाको प्रत्याभुत नभएको भन्दै स्थानियले भुटाहा बजारमा प्रर्दशन समेत गरिरहेका छन् । ठाँउ ठाँउमा हिजोदेखि नै टायर बालिएको छ । सुनसरीको हरिनगर गाउँपालिका अन्तरगतको भुटहाका बासिन्दा खुर्शिद आलम अन्सारीको हिजो हत्या भएको थियो ।

दिउसे साढे १२ बजे भुटहा बजारमा अज्ञात व्यक्तिहरूले गोली हानी उनको हत्या गरेको थियो । स्थानियले उनको शव अझैपनि उठन दिइएको छैन । जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी र काठमाण्डौ स्थित गृहमन्त्रीलाई ने भेटेर छुटाछुटै समुहले बिभिन्न मागहरु राख्दै उक्त मागहरु पुरा नभएसम्म शव उठन नदिने बताएका थिए । शुक्रवार उनको शवलाई लिए जिल्लाको सदरमुकाम परिक्रमा गर्दै इनरुवा स्थित पुर्व मश्चिम राजमार्ग नै अवरुद्ध गर्ने तयारीमा भूटाहाबासी रहेका छन् ।

घटनास्थल भुटाहा भन्दा १२ किलोमिटर उक्त जिल्लाको सदरमुकाम इनरुवासम्म पैदल यात्रा गर्दै राजमार्ग अवरुद्ध गर्ने तयारी रहेको छ । घटना भएदेखि नै आसपासका बासिन्दाहरुको भिड भुटाहामा बढेको छ । बिभिन्न राजनीतिक दलका शिर्षस्तरका नेताहरु समेत घटनास्थल पुग्न थालेका छन् ।

गृहमन्त्री स्वंय नआएसम्म शव उठ्न नदिने अडान

हिजो काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा ओलमाहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका थिए । पुर्व सांसद तथा मन्त्री जाकिर हुसैनको नेतृत्वमा गृहमन्त्रालय पुगेका प्रतिनिधि मण्डलले घटनास्थलमा गृहमन्त्री स्वयं नै उपस्थित हुनुपर्ने माग समेत गरेका थिए ।

उक्त प्रतिनिधि मंण्डलले गृहमनत्री स्वंय भुटाहा गएर मृतकका परिवार र आम जनतालाई आश्वस्त नपारेसम्म लाशलाई पोष्टमार्टममा जान नदिने र लाशसमेत न बुझ्ने अडान लिएका थिए । ‘भुटहामा आक्रोशपूर्ण माहौल बनेको छ, शान्ति सुरक्षाका धेरैवटा प्वाइन्टहरू घटनास्थलको वरिपरि रहेर पनि बिहारी नम्बर प्लेट र अर्को बिना नं.प्लेटका दुई मोटरसाइकलमा सवार हत्याराहरूले भुटहा जस्तो व्यस्त बजारमा फायर गरी मान्छे मारेर सजिलै भाग्न सफल हुनु सामान्य घटना होइन ।’ उक्त प्रतिनिधि मंडलले गृहमन्त्री समक्ष भने ‘तपाई स्वंय त्यहाँ उपस्थित भएर आश्वस्त पार्नुपरो, अन्यथा हामि शव उठ्न दिन्नौं’ ।

उनीहरुले स्थानीय प्रशासनको भूमिकामाथि समेत आम जनताले अविश्वास व्यक्त गर्दै सडकमा आक्रोश पोखिरहेका बताएका थिए । जवाफमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको र आवश्यक कारवाही हुने आश्वासन दिएका छन् । मृतक इस्लाही पूर्व नेकपा एमालेका जिल्ला सल्लाहकार थिए । उनी ए्क नीजि स्कुलका सञ्चालक पनि हुन् ।

साविकको वडा नम्बर ४ हाल २ निवासी अन्सारीको हत्या भने बिहिबार दिउसो भूटाहा बजारमा भएको हो । हरिनगर गाँउपालिकाका प्रमुख गफ्फार अन्सारीले घटनाको अनुसन्धान भइरहेको बताए । उक्त समुहले चलाएको गोली लागेर अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । गोली हानेर उक्त समुह भाग्दै गर्दा स्थानिय प्रहरीले घुस्की स्थित घेराउ गर्ने प्रयास गरेका थिए । तर कसैलाई पक्राउ भने गर्न सकेनन् ।

गाँउपालिका प्रमुख अन्सारीका अनुसार सोही समुहको गोली लागेर एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते प्रहरी जवान शिवलाल पौडेलको थप उपचारका लागि बिराटनगर लगिएको छ । उनको छाती र पाखुरामा गोली लागेको छ । भारतबाट आएको हतियारधारी समूहले उनको हत्या गरेको हुन सक्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिनगर समितिका उनी प्रवक्ता हुन् । भुटाहा स्थित रैयान नेशनल पब्लिक स्कुलका संचालक समेत हुन् ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको हत्या गरि भुटाहा बजारको दक्षिणी मार्ग (भूटाहा–घुस्की) हुँदै भागेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले हतियारधारी समुह भारत तर्फ भागेको बताए । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको उनले बताए । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

हेर्नुस् भिडियोहरु :

हेर्नुस् केहि तस्विहरु :

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्