Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व विजेता फ्रान्सको नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित

एजेन्सी : विश्व विजेता फ्रान्सले नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ।

यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा विश्वविजेता फ्रान्सले नेदरल्याण्डलाई २-१ ले हराउँदै विजयी सुरूवात गरेको हो ।

फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले गोल गरे। नेदरल्याण्डका लागि  रायन बाबेलले गोल गरे ।

खेलको १४ औं मिनेटको युवा स्टार किलियन एम्बाप्पेले ब्लेस माटुइडीको पासमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अग्रता लिएको फ्रान्स दोस्रो हाफमा दबाबमा रह्यो। खेलको ६७ औं मिनेटमा रायन बाबेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले केनी टेटेको पासको सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ७५ औं मिनेटमा ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई पुन: अग्रता दिलाए। विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरे पछि खेलमा फ्रान्सले पुनः अग्रता लियो। यसपछि कुनै गोल भएन र फ्रान्सले नेसन्स लिगमा ३ अंक जोड्दै विजयी सुरूवात गर्न सफल भयो ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्