Logo
२२ बैशाख २०८१, शनिबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानुन बनाइयो

काठमाडौं : प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले सञ्चारसम्बन्धी हकलाई संविधानले पूर्ण प्रतिबन्ध लगाउन नपाउनेगरि सुनिश्चितता गरेकोले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानुन बन्नु दुर्भाग्य भएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संविधानले सञ्चार माध्यमहरुलाई समाचार लेख्न वा आफ्ना सामाग्री प्रकाशन तथा प्रशारण गर्न अवरोध गरेको छैन । केही रोकेको छैन । नेपालको संविधान प्रेसमैत्री छ । यसले पूर्ण स्वतन्त्रताको ग्यारेण्टी गरेको छ।’

संविधानमै प्रेस स्वतन्त्रताको ग्यारेण्टी र सञ्चार माध्यमलाई कुनै अवरोध नगरिएको अवस्थामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानुन बन्नु दुर्भाग्य भएको कार्कीको भनाई छ । उनले भने,‘प्रेसलाई कुण्ठित पार्ने खालका कानुनका प्रावधानहरुलाई संशोधन गर्नुपर्छ ।’ मुलुकी अपराध संहिता साधारण कानुन भएकोले यसको घेराभित्र मिडिया र पत्रकारलाई राख्नु गलत भएको उनको तर्क छ । उनले भने,‘पत्रकार महासंघले त प्रेसको लागि छुट्टै विशेष कानुन बनाउनुपर्छ भनेर माग्नुपर्ने हो ।’

कार्कीले पत्रकार तथा मिडियामापनि अराजकता भएको गुनासो पोखे । ‘कसैको पनि मान र प्रतिष्ठामाथि आँच आउन दिनुहुँदैन्’–उनले भने‘यो विषयमा पत्रकार महासंघले पनि चिन्ता गरेको छ ।’ यद्धपी उनले मिडियालाई जिम्मेवार र उत्तरदायी बनाउने नाममा फौजदारी संहिताको मातहतमा ल्याउन नहुने धारणा राखे ।

उनले झुठो र गलत समाचार लेख्नेलाई क्षतिपूर्ति तिराउन लगाउनुपर्ने धारणा राखे । उनले भने,‘पत्रकारहरुले उठाएका विषयमा सरकार गम्भिर बन्नुपर्छ ।’ फरक प्रसँगमा उनले गोपनियताको हकसम्बन्धीको कानूनको मस्यौदा गर्दा सूचनाको हक र गोपनियताको हकलाई सन्तुलन गरेर मस्यौदा नभएको गुनासो पोखे ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्