Logo
५ जेष्ठ २०८१, शनिबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भएन कुनै कारवाही : वडा अध्यक्षद्वारा जीवित महिलाको मृत्युदर्ता गरेर जग्गा नामसारी

किर्ते मुदा चल्ने हर्कत गरेका तथा भ्रष्टाचारको सिमा नाघेर अबैध लेनदेन गरी पदिय दुरुपयोग गरेको रौतहटको एक वडा अध्यक्षलाई कारबाही नभएपछि रौतहटबासी आक्रोसित बनेका छन् । रौतहटको गरुडा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष राजेस कुमार सहनीलाइृ किर्ते मुदा चलाउन जिल्ला प्रशासनले ढिला सुस्ति गरेपछि स्थानीय बासी आक्रोसित बनेका ह्न् ।

जिवितै व्यक्तिको मृत्यु दर्ताको प्रमाण पत्र बनाएर जग्गा पास गरेको र भारतिय नागरिक लाई नेपाली नागरिक भनी जन्म दर्ताको प्रमाण पत्र दिएको र नागरिकता बनाउन प्रयास गरेको सहनी माथि अभियोग रहेतापनि स्थानीय प्रशासन कानमा तेल हाली सुतेको भन्दै स्थानीयहरु आक्रोसित बनेको संघिय सामाजवादी फोरमका युवा विभाग का अध्यक्ष कौसर खान मिथलाले बताएका छन् ।

साउन १७ गते चलानी नं. १७२ पत्रद्वारा किर्तेमा कारवाही अगाडि बढाउन निमित जिल्ला प्रमुख अधिकारी बाट प्रहरी कार्यालयलाई पत्रचार भएपनि हाल सम्म कुनै कारवाही नभई आलटाल र दोषी उम्काउने प्रयास मात्र भईरहेको अर्का युवा नेता राजकुमार दासले बताए । प्रमख जिल्ला अधिकारी गोविन्द रिजालले आफूले आज भोलि कारवाही गर्छु भन्दा भन्दै महिनौ बिताएको दासले दुखे सो पोखे ।

दासले ढिलो भएपनि प्रजिअ रिजालले कारवाही गर्नेमा आफू विश्वस्त र आशावादी रहेको समेत बताए । वडा अध्यक्ष पदलाई नै आफ्नो मनमौजी र पारिवारिक जनबाट सहयोगले प्राप्त पद समझेर दुरुपयोग गरेको सहनीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ऊजुरी परेको थियो ।

वडा अध्यक्षले परिवारिक सदस्यहरु मात्रै उपभोक्ता समितिमा राखी न्यून गुणस्तरको काम गरी सरकारी रकमको दुरुपयोग गरेको भनेर अख्तियारमा उजुरी परेको हो ।

वडाअध्यक्षद्वारा बाबु र भाइलाई उपभोक्ता समिति अध्यक्ष बनाएर भ्रष्टाचार
गरुडा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनीले आफ्ना बाबु, भाइहरुलाई अध्यक्ष बनाई नगरपालिकाबाट हुने विकास निर्माणका काम गरेका हुन् । न्यून गुणस्तरको काम भयो भनेर स्थानीय जनताहरुले विरोध गर्दा ‘जा गएर मुद्दा हाल’ भनेर धम्क्याउने गरेको स्थानीयहरु बताउँछन् ।

परिवारभन्दा बाहिरका व्यक्ति उपभोक्ता समितिमा राख्दा निर्माणलागतको पोल खुल्ने भएकाले आफ्नै बाबु हरिनारायण सहनीलाई उपभोक्ता समितिको अध्यक्ष बनाई वडा कार्यालय भवनको २५ लाख २० हजार चार सय ५८ रुपैयाँको काम जिम्मा दिएका हुन् । यस्तै कब्रिस्तानको वाल लगाउने र बाटो पुर्ने काम चार लाख ३२ हजार रुपैयाँको समेत अर्को उपभोक्ता समिति बनाई बाबुलाई काम जिम्मा दिएका छन् ।

आफ्नो सहोदर भाइ विजय कुमार सहनीलाई उपभोक्ता समितिको अध्यक्ष बनाई दुई लाख ५०हजारको मन्दिर निर्माणको कामको जिम्मा दिएका छन् भने अर्का भाइ अजय कुमार सहनीलाईउपभोक्ता समितिको अध्यक्ष बनाई पाँच लाख ४७ हजारको मन्दिरको काम दिएका छन् । यस्तै अर्का भाइ ९काकाको छोरा० विवेक सहनीलाई उपभोक्ता समितिको अध्यक्ष बनाई १० लाखको स्वास्थ्य चौकी मर्मतको काम दिएका छन् । चार लाख ३७ हजारको बाटो ढलानको काम भने वडा अध्यक्ष आफैँले गरेका हुन् ।

परिवारका सदस्यहरुमात्रै भएर राज्यको बजेट दुरुपयोग गरेको, न्यून गुणस्तरको काम भएको, कमसल निर्माण सामग्री प्रयोग गरेर बजेट दुरुपयोग गरेको, झूटो बिल भर्पाइ पेस गरी भुक्तानी लिने र दिने कार्य गरी सरकारी रकममा भ्रष्टाचार गरेकोले आवश्यक छानबिन गरी कारबाही गरिपाऊँ भनेर मिति २०७५।४।८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।

वडाअध्यक्ष राजेश सहनीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने प्रयोजनका लागि झूटो सर्जमिन मुचुल्का बनाई जन्मदर्ताको सिफारिस गरेको खुल्न आएको थियो । उनले भारतको मोतिहारी जिल्ला छौडादानो थाना,छौडादानो गाउँ बस्ने अर्जुन गिरीको छोरा बेचन गोसाईलाई निज बेचन गोसाई नेपाली नागरिक महिमत गोसाईको नाति मेघु गोसाई र श्रीमती दुखिया गोसाईको छोरा बेचन गोसाई मिति २०५६।१०।१५ मा जन्म भएको हो भनी द.नं १८८ मिति २०७४।७।१५ मा जन्म दर्ता प्रमाणपत्र दिइएको हो ।

तर निज मेघु गोसाईले २०६४ सालमा पारिवारिक लगत भर्दा निज घरमूली मेघु गोसाईको एक श्रीमती दुखिया गोसाई,जेठा छोरा पनिलाल गोसाई, कान्छो छोरा सिरिन्दा गोसाई, बुहारी विनिता देवी र नातिनी ज्ञायन्त्री कुमारी समेत छ जनाको परिवार भनेर पारिवारिक लगत भरेको अवस्था छ । वडा अध्यक्षले आर्थिक चलखेल गरेर झूटो सर्जिमिन मुचुल्का बनाई जन्मदर्ताको सिफारिस गरेको स्थानीय युवाहरुले थाहा पाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई सूचना दिएपछि निजको नागरिकता नबनेको हो ।

यस्तै वडाअध्यक्षले पैसाको लोभले जिउँदै रहेकी परवतिया देवी गोसाईलाई मृत्यु भएको भनेर मृत्युदर्ताको प्रमाणपत्र बनाएर उनको नाउँमा भएको जग्गा उनको छोरीका नाउँमा नामसारी गराएको भन्ने समेत उजुरी अख्तियारमा परेको छ । जीवितै व्यक्तिलाई मरेको भनेर जग्गा नामसारी गर्ने कार्यमा संलग्नलाई के कस्तो कारबाही अख्तियारले गर्ने हो हेर्न बाँकी नै छ ।

यता रौतहटमा साउन १७ मा च।नं १८२ को पत्रद्वारा किर्तेमा कारबाही अगाडि बढाउन निमित्त प्रमुख जिल्ला अधिकारीबाट पत्राचार भएको हो । वडाअध्यक्ष राजेश कुमार सहनीले भारतीयलाई नेपाली नागरिकता बनाउने प्रयासमा नेपाली नागरिक भनेर जन्मदर्ताको प्रमाणपत्र बनाएको र जीवित व्यक्तिलाई मरेको भनेर मृत्युदर्ता बनाई जग्गा नामसारी गरी अख्तियार दुरुपयोग गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग,गृह मन्त्रालय,प्रधानमन्त्री कार्यालयलगायतका निकायमा उजुरी परेको थियो ।

सो सम्बन्धमा आर्थिक दैनिकमा पहिलोपटक समाचार सार्वजनिक भएको थियो । गृह मन्त्रालयले समेत आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्राचार समेत गरेको छ । तर गत १७गते प्रहरीमा पत्राचार भएको भए पनि हालसम्म कोहीरकसैलाई प्रहरीले पक्राउ भने गरेको छैन । यस बारे प्रजिअ गोविन्द रिजालले आरोपित सहनीलाई पक्राउ गरी हिरासतमा लिई छिटै अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्